पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-२९
- A
- A-
- A+
काठमाडौं, २९ माघ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा
पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार
गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा
र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ३७
वर्षीय राज कुमार लामा रहेका छन् ।
पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल
पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु
भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई
काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।