प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी बृत्त चापागाउँमा रहेको पुन: निर्मित भगवती मन्दिर समुद्‍घाटन ।

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ माघ

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी बृत्त चापागाउँ ललितपुरमा पुन:निर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको बिहिबार उद्‍घाटन गर्नुभयो । नेपाल सरकार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ ललितपुरका प्रहरी र नगरपालिका,गाउंपालिका, स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत २४ लाख १५ हजारमा निर्माण सम्पन्न भएको थियो ।

        भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र वितरण गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न  समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिई सहयोग गर्न हुन अनुरोध गर्नुहुदै, सामाजमा हुने गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण  तथा शान्ति सुरक्षा अमन चयन कायम गर्नुको साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पुन:निर्मित मन्दिर सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानीबासीलाई धन्यवाद व्यक्त गर्नुभयो । 

       सेना र प्रहरीमा बडा दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ  । देश र जनताको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता रहेको छ ।

            उक्त कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रहरी बृत्त चापागाउँका प्रमुख  निर्माण समितिका पदाधिकारीहरू,स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू, अन्य प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।