प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी बृत्त चापागाउँमा रहेको पुन: निर्मित भगवती मन्दिर समुद्‍घाटन ।

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ माघ

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी बृत्त चापागाउँ ललितपुरमा पुन:निर्मित भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको बिहिबार उद्‍घाटन गर्नुभयो । नेपाल सरकार नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ ललितपुरका प्रहरी र नगरपालिका,गाउंपालिका, स्थानीय जनसमुदायको सहयोगमा सम्पूर्ण लागत २४ लाख १५ हजारमा निर्माण सम्पन्न भएको थियो ।

        भगवती मन्दिर तथा नव निर्मित मन्दिर प्रवेश द्वारको निर्माणमा सहयोग गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र वितरण गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न  समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिई सहयोग गर्न हुन अनुरोध गर्नुहुदै, सामाजमा हुने गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण  तथा शान्ति सुरक्षा अमन चयन कायम गर्नुको साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पुन:निर्मित मन्दिर सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानीबासीलाई धन्यवाद व्यक्त गर्नुभयो । 

       सेना र प्रहरीमा बडा दशैंको अवसरमा नवरात्रको वली,मौलो पूजा र निशान पूजा अनिवार्य र महत्वपूर्ण हुन्छ  । देश र जनताको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्वपुर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न फौजले निर्भिकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरुको उपार्जन गरिरहनुपर्दछ । सो गुण देवी देवताहरुको अर्चना आराधना र सम्झनाबाट मात्र हुन सक्छ भन्ने मान्यता रहेको छ ।

            उक्त कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रहरी बृत्त चापागाउँका प्रमुख  निर्माण समितिका पदाधिकारीहरू,स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू, अन्य प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको  तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान  सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद  व्यक्त गर्नुभयो ।      कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७

ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट संचालनमा आएको हो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।            कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।