प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१-१०-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०८ माघ

      मिति २०८१-१०-०८ गते समुदाय - प्रहरी साझेदारी अभियान अन्तर्गत ललितपुर महानगरपालिका वडा नं.१३ स्थित माछापुच्छ्रे ईन्टरनेशनल स्कुलको सभाहलमा जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

       अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रत्येक नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुको निमित्त प्रहरीसगँ सहकार्य गर्नु हरेक नागरिकको अधिकार सगैं कर्तव्य पनि भएको बताउदै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका महत्वपुर्ण रहेकाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारीको अवधारणा बमोजिम समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

         साथै नेपाल प्रहरी तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयको आधिकारीक फेसबुक पेजबाट समेत समयानुकुल सुरक्षा सावधानीको उपायहरुको विषयमा जन चेतनामूलक सामाग्रीहरु समेत सेयर गरिएको हुदा सो सम्बन्धमा आफु तथा आफ्नो परिवारलाई समेत सजग गराई विभिन्न प्रकृतिका अपराध तथा ठगीबाट बच्न समेत अनुरोध गर्नु भयो ।

         ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख श्याम कृष्ण अधिकारी, सामुदायिक सेवा केन्द्र तिखेदेवलका पदाधिकारीहरु, स्थानिय जन प्रतिनिधिहरु, अन्य प्रहरी कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, विभिन्न क्लब, आमा समूह, समाजसेवी, संचारकर्मी, यातायात क्षेत्रका प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरु, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय व्यवसायी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-१०-१४

माघ १४ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्र.व.ह. अजित कुमार पाण्डे , प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह. रुपलाल नाउ र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्र.स.ह.यशोदा श्रेष्‍ठलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।          कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी बरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।

नक्कलि हतियार सहित २ जना मानिस नियन्त्रणमा
२०८२-१०-११

माघ ११ आईतबार प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कलि हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ बर्षीय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन । उनिहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार  १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो । सि.सि.टि.भि. फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको FZ Version मोटरसाईकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ । 

नेपाल प्रहरी स्कुल सामाखुसीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-१०-१०

माघ १० गते शनिवार  नेपाल प्रहरी श्रीमती सँघकी अध्यक्ष नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्कुल सामाखुसीको सत्ताईसौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी कार्कीले विद्यालयको सत्ताईसौँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुन लागेको ‘दीप्‍तिका स्मारिका २०८२’ को बिमोचन गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार हस्तान्त्रण गर्नु भयो  । कार्यक्रममा स्कुल व्यवस्थापन समितीका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख संजय सिंह थापा, श्रीमती सँघका पदाधिकारीहरु,  नेपाल प्रहरी स्कुलका प्राचार्य, समादेशक, शिक्षक, शिक्षिकाहरु, विद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।