प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-१०-०८
- A
- A-
- A+

काठमाडौं, ८ माघ
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा मंगलवार जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरु तथा
अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी
कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रत्येक
प्रहरी कर्मचारीले बोली, व्यवहारमा विनम्रताका साथै कानुनको संरक्षण तथा सम्वर्धनमा
निर्ममता प्रस्तुत गर्दै मानव अधिकारको संरक्षण सगैं नागरिकमैत्री प्रहरीको भूमिका
निर्वाह गर्न निर्देशन दिनु भयो । काठमाडौं उपत्यकाका तीन जिल्लामा अपराधको चाप
ज्यादा हुने हुँदा प्रहरी कार्य बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत
प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु
भयो ।
साथै नेपाल प्रहरीको मुख्य जिम्मेवारी नै
शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान भएकाले कुनै पनि अपराध घटिसकेपछि
घटना स्थलको संरक्षण, सम्बन्धित क्षेत्रको सुरक्षा तथा सवुदको संरक्षण सम्बन्धी ज्ञान
हरेक प्रहरी कर्मचारीमा हुनु पर्नेमा जोड दिदै हरेक प्रहरी युनिटका कार्यालय
प्रमुखले आफ्ना मातहतको कमी कमजोरीलाई हटाउदै प्रहरी कार्वाही गर्दा प्रर्याप्त योजना
बनाई सोही अनुरुपको तयारि समेत गरी व्यवसायिकता प्रस्तुत गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ध्रुव राज
राउत, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर
प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।