प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यतामा घुम्ती विशेष तालिम प्रशिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
२०८१-१०-०३
- A
- A-
- A+

काठमाडौं, ०३ माघ
काठमाडौं
उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यतामा
घुम्ती विशेष तालिम प्रशिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
घुम्ती विशेष
तालिमका प्रशिक्षकहरुलाई निर्देशन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक राउतले अनुशिक्षण
प्रदान गर्नु हुने हरेक प्रशिक्षकको मूल्याङ्कन समेत हुने हुदाँ प्रशिक्षकहरुले
प्रशिक्षण प्रदान गर्दा सहाभागितामूलक सिद्धान्तको प्रशिक्षण विधि अपनाई आफुले
सिकेका ज्ञान अन्य प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण गर्न हुन निर्देशन
दिनुका साथै घुम्ती प्रशिक्षणलाई व्यवस्थित र प्रभावकारी सञ्चालनको लागी आवश्यक पहल
कदमीको सम्बन्धमा निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,
सिनियर प्रहरी अधिकृत लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।