प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा हतियार सुरक्षा र पोशाक प्रयोग सम्बन्धी विशेष अनुशिक्षण सम्पन्न ।
२०८१-०९-२९
- A
- A-
- A+

काठमाडौं, २९ पुस
काठमाडौं
उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा
हतियार सुरक्षा र पोशाक प्रयोग सम्बन्धी विशेष अनुशिक्षण सम्पन्न भएको छ ।
नेपाल
प्रहरीको कारवाहीको क्षमता (Operational
Capacity) दुरूस्त राख्न प्रत्येक प्रहरी कर्मचारीहरूमा संगठनले उपलब्ध
गराएका आधारभूत स्रोत साधनहरू (Basic Resources) उचित सम्भार
र प्रहरी कारवाहीको सिलसिलामा तिनको विवेकसम्मत उपयोग गर्ने आधारभूत ज्ञान हुनु पर्ने
साथै प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नु पर्ने उद्देश्यका साथ आज मिति २०८१।०९।२९
गते काठमाडौ उपत्यका कार्यलय मातहतका जम्मा १४ जना जुनियर
अधिकृत सम्मका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा हतियार सुरक्षा र पोशाक प्रयोग
सम्बन्धी १ (एक) दिनको विशेष (Induction) अनुशिक्षण प्रदान
गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक खनालले जुनियर
अधिकृत सम्मका प्रहरी कर्मचारीहरु नेपाल प्रहरी संगठनको मेरुदण्ड भएकाले संगठन
प्रती पूर्ण निष्ठावान भई संगठनले सुम्पिएको जिम्मेवारी वहन गर्नुका साथै आफुले यस
अनुशिक्षणमा प्राप्त गरेका ज्ञान, शीप र कैशल अन्य प्रहरी कर्मचारीहरूलाई सिकाउनु हुन समेत निर्देशन
दिनुभयो ।
कार्यक्रममा
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक प्रविण धिताल, प्रहरी
नायव उपरीक्षक मदन कुँवर लगायत जुनियर प्रहरी
अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।