युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०९-२६
- A
- A-
- A+
काठमाडौं, २६ पुस
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा
पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर
भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार
प्रहरीले पक्राउ गरेको छ ।
रामकृष्णले
युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन
भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ
गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि
जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।