हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०९-२६
- A
- A-
- A+
काठमाडौं, २५ पुस
विभिन्न मितिमा
हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका
ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई
हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका
आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर
प्लेट राखेको अवस्थामा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड,
लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट ती
सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।