प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०९-१९
- A
- A-
- A+

काठमाण्डौ, १९ पुस
तालुक श्री गृह मन्त्रालय (सचिवस्तर) को मिति
२०८१।०९।०८ गतेको निर्णयानुसार मिति २०८१।०९।१९ गतेदेखि लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उप-नियम
२(क) को खण्ड (क) बमोजिम प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी
कार्यालय अनतर्गत ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठमा
कार्यरत प्रहरी निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी उपरीक्षकको मिति २०८१।०९।१६
गतेको निर्णय अनुसार प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका
यस कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश बहादुर खडका, प्रहरी सहायक हवल्दार रमेश राज खड्का र प्रहरी सहायक हवल्दार विश्व बिकास शाहीलाई
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आज शुक्रवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौ
उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख
आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त
महानिरीक्षक तामाङले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी
कर्मचारीहरुलाई बधाई दिनु हुदै पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय
मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो
।
कार्यक्रममा, प्रहरी नायव
महानिरीक्षक ध्रुब राज राउत, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे,प्रहरी
उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको
थियो ।