प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०९-०७
- A
- A-
- A+
काठमाण्डौ, ७ पुस
तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०९।०५ गतेको निर्णयले,
मिति २०८१।०९।०७ गतेदेखि, लागु हुने गरी,
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९
को, उपनियम २ बमोजिम, प्रहरी निरीक्षक पदबाट,
प्रहरी नायव उपरीक्षक पदमा, पदोन्नती हुनु भएका
प्रहरी नायव उपरीक्षक, शुशिल कुमार पाण्डेलाई काठमाण्डौं उपत्यका
प्रहरी कार्यालयमा आज आइतवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी
चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त
महानिरीक्षक बज्राचार्यले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका
प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी
राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको
उपस्थिति रहेको थियो ।