अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०९-०५
- A
- A-
- A+
नेपाल प्रहरी वार्षिक
कार्य सम्झौता २०८१, बमोजिम नयाँ जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि
अभिमुखीकरण (Induction) र
जिम्मेवारी पश्चात हस्तान्तरण ( Handover)
को प्रक्रियालाई प्रभावकारी
रुपमा कार्यान्वयन गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी
गर्नु पर्ने उद्वेश्यका साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति
२०८१।०९।०४ गते प्र.नि.-१० सहित जम्मा ३५ जना र आज मिति २०८१।०९।०५ गते
प्र.नि.-१० सहित जम्मा ४४ जना गरी कुल जम्मा ७९ जना प्रहरी कर्मचारीहरुलाई यस
कार्यालयमा १ (एक) दिनको अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न गरिएको छ ।
अनुशिक्षण
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक ध्रुर्बराज राउतले काठमाण्डौ
उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुको प्रहरी सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत
राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि
रहेकाले काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन
गर्न निर्देशन दिनुभयो ।