नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१
- A
- A-
- A+
काठमाण्डौ,
२१ मंसिर
नेपाल
प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला
प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३
जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
नयाँ
भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८
जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ
भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
प्रहरी
जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाण्डौ, भक्तपुर र ललितपुर, प्रदेश
प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज
सप्तरी), दुधौली सिन्धुली, पोखरा,
बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै
जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
नयाँ
भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित
कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त
आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल
प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।