प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

२०८१-०८-२०

  • A
  • A-
  • A+
Share

  काठमाण्डौ, २० मंसिर

   काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भयो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जले विगतको विषम् परिस्थितिको समयमा गरेको उद्दारको कार्यलाई प्रशंसा गर्दै , आगामी दिनहरुमा समेत काठमाण्डौ उपत्यका जस्तो अति संबेदनशिल क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विशेष समारोह, राजनैतिक कार्यक्रमहरुको सुरक्षा तथा हरेक विपद्को धडीमा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी ( Stand By)  अवस्थामा रहन निर्देशन दिनुभयो ।

     काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ रिजर्भ युनिट भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हतियार तथा लाठी प्रयोग सम्बन्धमा दक्षता प्रदानको निमित्त समय समयमा अनुशिक्षण गर्न निर्देशन दिनु हुदै भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा न्युनतम बल प्रयोगको सिद्दान्त अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।

  आधुनिक समयमा नेपाल प्रहरी कर्मचारी समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी प्रहरी कर्मचारीलाई तालीमको समयमा प्राविधिकको समेत ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन बताउनु हुदै हरेक प्रहरी कर्मचारीले तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भयो ।  सेवा प्रवाहको स्तरमा प्रहरी कर्मचारीहरुको आचरणले प्रभाव पार्ने हुदा बोलि, वचन र व्यवहारमा सुधार गर्दै दुरुस्त पोशाकको प्रयोग गरी स्मार्ट प्रहरीको परिचय दिन समेत निर्देशन दिनु भयो ।

   प्रहरी उपरीक्षकद्वय रन्जु सिग्देल र राजेन्द्र प्रशाद धमलाले सम्बन्धित कार्यालयको काम कार्वाहीको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।