प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १३ मंसिर

         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानगरपालिका वडा नं.३२, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७,८ र ९  तथा गान्धि आदर्श मा.वि. को सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भयो ।

हरेक बर्ष 25 Nov (अन्तराष्ट्रिय महिला हिंसा उन्मुलन दिवस)-10 Dec (मानव अधिकार दिवस) सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनी “हामी सबैको प्रतिबद्दता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यवद्धता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

        कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा संवेदनशील भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरुलाई खुलेर आफ्नो हिंसालाई कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध स्कुल स्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सहभागी गराई  कक्षाहरु सञ्‍चालन गरी सचेतना फैलारहेको साथै सामुदायिक स्तरमा जन चेतना फैलाउन जनचेतना मूलक पाठ्यपुस्तक  तयार गरी विभिन्न स्थानिय तहसगँ सम्झौता समेत गरिसकेको बताउनुभयो ।

  उपत्यका प्रहरी कार्यालयले लैङ्गिक संवेदनशीलता लाई मध्येनजर गर्दै मुद्दा चल्ने प्रहरी इकाइ सम्म अनिवार्य रुपमा महिला प्रहरी कर्मचारीद्वारा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरी सो सम्बन्धी सेवा प्रदान गदै आएको जानकारी दिनुहुदै महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु तथा लैंगिक अल्पसंख्यक सगँ गर्ने व्यवहारका सम्बन्धमा प्रहरी कर्मचारीहरुलाई नै सचेत गराउन नेपाल प्रहरीले विषेश तालिम समेत प्रदान गराउदै आइरहेको साथै लैङ्गिक विभेदको सम्बन्धमा शून्य सहनशीलतालाई अंगिकार गरेको समेत बताउनुभयो ।

            नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीले सचेतनामूलक प्रस्तुती प्रस्तुत गरेको उक्त कार्यक्रम काठमाण्डौ महानगरपालिका ३२ पेप्सीकोला फुटबल मैदान देखि विरेन्द्र चोक हुदै गान्धी आदर्श मा.वि.सम्म प्रभात फेरी पश्चात सभा सञ्चालन गरिएको थियो । सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका अध्यक्ष रविन्द्र थापा सभापति रहेको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको उपमेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, गान्धि आदर्श मा.वि.का शिक्षक तथा विद्यार्थीहरु र स्थानीय भद्र भलादमीहरू लगायत अ.६०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।