प्रहरी कन्ट्रोल : १००
नेपा
EN

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १३ मंसिर

         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानगरपालिका वडा नं.३२, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७,८ र ९  तथा गान्धि आदर्श मा.वि. को सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भयो ।

हरेक बर्ष 25 Nov (अन्तराष्ट्रिय महिला हिंसा उन्मुलन दिवस)-10 Dec (मानव अधिकार दिवस) सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनी “हामी सबैको प्रतिबद्दता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यवद्धता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

        कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा संवेदनशील भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरुलाई खुलेर आफ्नो हिंसालाई कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध स्कुल स्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सहभागी गराई  कक्षाहरु सञ्‍चालन गरी सचेतना फैलारहेको साथै सामुदायिक स्तरमा जन चेतना फैलाउन जनचेतना मूलक पाठ्यपुस्तक  तयार गरी विभिन्न स्थानिय तहसगँ सम्झौता समेत गरिसकेको बताउनुभयो ।

  उपत्यका प्रहरी कार्यालयले लैङ्गिक संवेदनशीलता लाई मध्येनजर गर्दै मुद्दा चल्ने प्रहरी इकाइ सम्म अनिवार्य रुपमा महिला प्रहरी कर्मचारीद्वारा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरी सो सम्बन्धी सेवा प्रदान गदै आएको जानकारी दिनुहुदै महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु तथा लैंगिक अल्पसंख्यक सगँ गर्ने व्यवहारका सम्बन्धमा प्रहरी कर्मचारीहरुलाई नै सचेत गराउन नेपाल प्रहरीले विषेश तालिम समेत प्रदान गराउदै आइरहेको साथै लैङ्गिक विभेदको सम्बन्धमा शून्य सहनशीलतालाई अंगिकार गरेको समेत बताउनुभयो ।

            नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीले सचेतनामूलक प्रस्तुती प्रस्तुत गरेको उक्त कार्यक्रम काठमाण्डौ महानगरपालिका ३२ पेप्सीकोला फुटबल मैदान देखि विरेन्द्र चोक हुदै गान्धी आदर्श मा.वि.सम्म प्रभात फेरी पश्चात सभा सञ्चालन गरिएको थियो । सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका अध्यक्ष रविन्द्र थापा सभापति रहेको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको उपमेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, गान्धि आदर्श मा.वि.का शिक्षक तथा विद्यार्थीहरु र स्थानीय भद्र भलादमीहरू लगायत अ.६०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।