वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-१२
- A
- A-
- A+
काठमाण्डौ,
१२ मंसिर
वैदेशिक
रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको
अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं
नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही
ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।
पक्राउ मध्ये सुवर्णले क्रोएसिया
पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै
१ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको
उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको
प्रहरीले सुवर्णलाई काठमाण्डौ बाफलबाट सोमबार र मनिषालाई काठमाण्डौ नयाँबसपार्कबाट
मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको
छ ।