प्रहरी कन्ट्रोल : १००
नेपा
EN

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण

२०८१-०८-०९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ९ मंसिर

            डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ । 

            नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो । 

            हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

            कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो 

             कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न
२०८२-११-१५

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, व्यवस्थित तथा भयरहित वातावरणमा सम्पन्न गर्न उपत्यकास्थित निर्वाचन क्षेत्र तथा स्थलहरुको  सुरक्षा अवस्था तथा अन्य तयारीको अवस्थाबारे स्थलगत अनुगमनका क्रममा यस उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीज्यू, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी  मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठज्यू तथा अन्य सुरक्षा निकायका प्रतिनिधि  सम्मिलित टोलीबाट आज भक्तपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ अन्तर्गतका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित १ जना पक्राउ
२०८२-११-१४

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित जिल्ला काठमाडौं नागार्जुन नगरपालिका  १ स्थायी वतन भएका राहदानी नं. PA1878693 वाहक वर्ष ४५ को तारा चन्द चौधरीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । निज तारा चन्द चौधरी भुटान एयरलाइन्सको उडान नं. B3 773 द्वारा काठमाडौबाट दिल्ली जान लागेको अवस्थामा साथमा लिई आएको पछाडी भिर्ने कालो रंगको झोलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियाको X- ray Machine मा Screening गर्ने क्रममा उक्त झोला भित्र नेपाली राहदानी ४८ थान वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो । निजलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौं पठाईएको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ
२०८२-११-१३

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका-८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका-७ घर भएका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन् ।   काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।