प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्तिसुरक्षा सम्बन्धी अर्न्तक्रिया कार्यक्रम
२०८१-०६-२२
- A
- A-
- A+
काठमाण्डौ, २२ असोज
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्ति सुरक्षा
सम्बन्धी अर्न्तक्रिया कार्यक्रम जिल्ला प्रहरी परिसर भक्तपुरको सभाहलमा सम्पन्न भएको
छ ।
भक्तपुर जिल्लाको शान्तिसुरक्षा र विभिन्न
अपराध र अपराधिक घटनाको बारेमा प्रहरी- स्थानिय नागरिक बिचको सम्बन्ध स्थापित
गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन
गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित
समाज र अपराध न्यूनिकरणका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक
प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीकहरुलाई
प्रत्याभुती दिलाउन सक्नुपर्ने बताउनुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल
संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि
समेत अनुरोध गर्नुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ
विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधब प्रसाद
बुढाथोकी,स्थानिय बासिन्दा, पत्रकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी, सिनिय प्रहरी कर्मचारीहरू,
शिक्षक/शिक्षिकाहरु लगायतको उपस्थिति रहेको
थियो ।