अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०६-२०
- A
- A-
- A+
नेपाल प्रहरी वार्षिक
कार्य सम्झौता २०८१, बमोजिम नयाँ
जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि अभिमुखीकरण (Induction)
र जिम्मेवारी पश्चात
हस्तान्तरण ( Handover) को प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयन
गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी गर्नु पर्ने उद्वेश्यका
साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति २०८१।०६।१८ गते प्र.नि.-२३ सहित
जम्मा ३० जना र आज मिति २०८१।०६।२० गते प्र.नि.-३ सहित जम्मा ३६ जना गरी कुल जम्मा
६६ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा
१ (एक) दिनको अभिमुखिकरण (Induction) अनुशिक्षण
सम्पन्न गरिएको छ ।
अनुशिक्षण कार्यक्रमलाई
सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले प्रहरी कर्मचारी
बन्नु भनेको हरेक दृष्टिकोणबाट सबल र सक्षम हुनुपर्ने हुदाँ प्रहरी कर्मचारीले थप
विशिष्टिकृत रुपमा सेवा प्रवाह गर्न साथै हरेक प्रहरी कर्मचारीले प्रहरी पोसाकको
कदर गर्न तर्फ जोड दिनुभयो । काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको प्रहरी
सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण
संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ
उपत्यकामा प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गरी ‘सुरक्षित
उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित
बनाउन निर्देशन दिनुभयो ।