प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८१ सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ११ असोज

         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ ।

 

क)        चाडपर्वमा शान्ति, सुरक्षाका लागि खटिने प्रहरी:

१.      यो सुरक्षा योजना मिति २०८।०६।१२ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।

२.      काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, CCTV, Walk Through Gate, Drone बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

३.      बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।

४.      यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न ३४ स्थानमा ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष (Public Help Desk) स्थापना गरिने छ ।

५.      काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।

६.      उक्त कार्यका लागि ६६३० जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

 

ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

           १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

२.         उक्त कार्यका लागि १७५७ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ८३८७ हुनेछ ।

घ)      थप प्रहरी जनशक्ति आवश्यक परेमा  रिजर्भमा राखिएको ।

 

प्रहरी सम्पर्कको लागि:-

•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,

•           प्रहरी कन्ट्रोल- १००, ०१-५७२१०१५ र ९८५१२८३०२६,

•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३, ९८५१२९५१००

•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।

          १०० मा SMS

साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.   यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२.   मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

३.   घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरौँ, घर तथा पसलहरुमा CCTV जडान गरी सुरक्षित बनाऔं  ।

४.   लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गरौँ ।

५.   चोरी र लुटपाटबाट बच्न अपरिचित व्यक्तिसगँ नगद कारोवार कदापि नगरौं ।

६.   सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७.   लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८.   सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

९. सुन र डलर साट्ने नाममा नक्कली सुन र कागजको पोको देखाई डलर भनी झुक्याई हुने ठगी बाट बचौं ।

१०. म्यासेन्जर, भाईवर र ह्वाट्सयाप लगायतका सामाजिक सञ्‍जालहरुमा चिट्ठा पर्यो भनी आउने म्यासेजको बिस्वास नगरौं ।

११. पट्का, भुईचम्पा, रकेट जस्ता विस्फोटक पदार्थको प्रयोग र बेचविखन नगरौं ।

१२. धम्कीपूर्ण फोन आएमा सम्भव भएसम्म मोबाईलमा रेकर्ड गरी तुरुन्त प्रहरीमा खबर गरौं ।

१३. कालोबजारी, अबैध मदिरा बिक्री वितरण, चन्दा, अपहरण, फिरौती र देह ब्यापारको सुचना समयमै दिने गरौं ।

१४. नगद, वहुमूल्य सामान, गरगहना र महँगा मोवाइल फोन सहित भीडभाडमा नजाऔँ ।

अन्त्यमा,

कानूनभन्दा कोही छैन माथी, सुख दु:खमा प्रहरी नै हो साथी”!

 

प्रहरी वरिष्‍ठ उपरीक्षक

(विनोद घिमिरे  )

            प्रवक्ता

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी

सम्पर्क: ९८५१२६०४६०

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।