प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-०६-०९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ९ असोज

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाण्डौ महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बाफलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-०७-०२

भक्तपुर, २ कात्तिकमध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम
२०८१-०६-२२

काठमाण्डौ, २२ असोज          काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा मंगलवार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             जिल्ला प्रहरी परिसर भक्तपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर भक्तपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले आगामी दिनहरूमा शान्ति सुरक्षा चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।                                                              साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीले आफ्नो आचरण व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसंग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो ।         त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक्ने हुनाले सुरक्षा योजना अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो  ।                     जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधब प्रसाद बुढाथोकीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुर मातहतका प्रहरी वृत्त तथा प्रभागका प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्तिसुरक्षा सम्बन्धी अर्न्तक्रिया कार्यक्रम
२०८१-०६-२२

काठमाण्डौ, २२ असोज      काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्ति सुरक्षा सम्बन्धी अर्न्तक्रिया कार्यक्रम जिल्ला प्रहरी परिसर भक्तपुरको सभाहलमा सम्पन्न भएको छ ।          भक्तपुर जिल्लाको शान्तिसुरक्षा र विभिन्न अपराध र अपराधिक घटनाको बारेमा प्रहरी- स्थानिय नागरिक बिचको सम्बन्ध स्थापित गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित समाज र अपराध न्यूनिकरणका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीकहरुलाई प्रत्याभुती दिलाउन सक्नुपर्ने बताउनुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि समेत अनुरोध गर्नुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधब प्रसाद बुढाथोकी,स्थानिय बासिन्दा, पत्रकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी,  सिनिय प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु  लगायतको उपस्थिति रहेको थियो । 

अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०६-२०

नेपाल प्रहरी वार्षिक कार्य सम्झौता २०८१, बमोजिम  नयाँ जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि अभिमुखीकरण  (Induction) र जिम्मेवारी पश्‍चात हस्तान्तरण ( Handover) को प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी गर्नु पर्ने उद्वेश्यका साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति २०८१।०६।१८ गते प्र.नि.-२३ सहित जम्मा ३० जना र आज मिति २०८१।०६।२० गते प्र.नि.-३ सहित जम्मा ३६ जना गरी कुल जम्मा ६६ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा  १ (एक) दिनको अभिमुखिकरण (Induction)  अनुशिक्षण सम्पन्न गरिएको छ । अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले प्रहरी कर्मचारी बन्नु भनेको हरेक दृष्टिकोणबाट सबल र सक्षम हुनुपर्ने हुदाँ प्रहरी कर्मचारीले थप विशिष्टिकृत रुपमा सेवा प्रवाह गर्न साथै हरेक प्रहरी कर्मचारीले प्रहरी पोसाकको कदर गर्न तर्फ जोड दिनुभयो । काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको प्रहरी सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनुभयो ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-१८

काठमाण्डौ, १८ असोजवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् । पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ नयाँबजारबाट र हरिलाई काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्‍न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०६-१६

काठमाण्डौ, १६ असोज            वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाण्डौ टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाण्डौ पुतलीसडकबाट, अन्जनालाई काठमाण्डौ नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।