वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-०८
- A
- A-
- A+
काठमाण्डौ, ८ असोज
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई,
क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-५ घर भई हाल काठमाण्डौ
महानगरपालिका-३२ कोटेश्वर बस्ने २९ वर्षीय
प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका-६ घर भई हाल काठमाण्डौ
महानगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् ।
पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख
रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको
भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाण्डौ कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट
पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि
वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।