झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ
२०८१-०६-०८
- A
- A-
- A+
काठमाण्डौ, ८ असोज
झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा
संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाण्डौका विभिन्न स्थानबाट प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाण्डौ महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाण्डौ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाण्डौ
महानगरपालिका-६ महांकाल
बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् ।
जुवा सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ
परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन
कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान
गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने
खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ
ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय धादिङ पठाइएको छ ।