जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-३०
- A
- A-
- A+
काठमाण्डौ,
३० भदौ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान
पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाण्डौ बुढानिलकण्ठ
नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
राम कुमारले
जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन
भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ
गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको
छ ।