जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम
२०८१-०५-२६
- A
- A-
- A+
काठमाण्डौ, २६ भदौ
विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा
हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक
वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम्
नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट
जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी कागेश्वरी
मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा कागेश्वरी मनोहरा
नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यापकहरुसँग
अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिका स्थित गान्धी आदर्श मा.वि. को सभा हलमा सम्मन्न भयो ।
उक्त
कार्यक्रम कागेश्वरी नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा तथा काठमाण्डौ उपत्यका
प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यको
प्रमुख आतिथ्यतामा भएको थियो । प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु
बिच साझेदारीता निर्माण गरी समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका बालबालिकाहरुमा सुरक्षा
सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु
मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।
जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम्
सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले
धेरै स्कुले बाल-बालिकाहरु नै कानुनको अनविज्ञता तथा सचेतनाको कमीले गर्दा अपराध
कर्ममा फसेको हुदा लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा
तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु
समय सान्दर्भिक भएको बताउनु भयो । साथै, कानुनले बर्जित गरेका कार्यहरुलाई विद्यार्थी भाइवहिनीहरुले बुझ्ने गरी
पाठयपुस्तकमै समावेश हुदा समाज सुधारमा सकारात्मक प्रभाव भई अपराध न्यूनिकरण
हुनुका साथै सुरक्षित हुने बताउनु भयो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उप-प्रमुख
शान्ता थापा, जिल्ला प्रहरी परिसर
काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरे लगायत प्रहरी कर्मचारीहरू,
स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु
तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू लगायत,
स्थानीय भद्र भलादमीहरूको उपस्थिति रहेको थियो ।