जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम
२०८१-०५-२४
- A
- A-
- A+
काठमाण्डौ, २४ भदौ
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा सोमवार जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको भवनका
विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य
संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर मातहतका
वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले ललितपुर जिल्लामा VVIP तथा VIP हरुको बसोबास रहेको साथै हरेक सरकारी तथा
ग्रैह्र सरकारी निकायहरुबाट समेत विशेष निगरानी हुने हुदा थप संवेदनशिल भई आफ्नो जिम्मेवारी उत्कृष्ठ ढंगले सम्पादन
गर्नु पर्ने बताउनु भयो । साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै
हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसग विनम्रताका
साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।
त्यसैगरी हरेक समस्याको समाधान सामूहिक
कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री
अनुसन्धानमा तल्लिन हुन समेत निर्देशन दिनुभयो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी
उपरीक्षक नरेश राज सुवेदीले प्रस्तुतीकरण
प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे,
जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल , प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू,
सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको
थियो ।