कार्यसम्पादन सम्झौतामा हस्ताक्षर
२०८१-०५-२४
- A
- A-
- A+
काठमाण्डौ, २४ भदौ
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय
मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको
छ ।
संगठन प्रमुख
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख
प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यबीच गत भदौ ६ गते बार्षिक कार्यसम्पादन
सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमवार एक समारोहकाबीच
मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा
हस्ताक्षर गर्नु भएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य
र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत
बहादुर बोहरा, त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थल सुरक्षा कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर वि.क.,
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
शेखर खनाल, जिल्ला प्रहरी परिसर
काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक
वेद विष्ट बीच हस्ताक्षर भएको थियो ।
कार्यक्रममा
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख किरण बज्राचार्यले सम्झौता पत्रमा उल्लेख
भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई
निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण
गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत
उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन
सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई
सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास व्यक्त गर्नुभयो ।