प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न

२०८१-०५-१६

  • A
  • A-
  • A+
Share

आज मिति २०८१/०५/१६ गते प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुनु भएका सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न भयो ।

   मिति २०५१ भाद्र १६ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । बिदाई हुनु भएका प्रहरी अधिकृतहरु प्र.व.उ. जीवन कुमार श्रेष्‍ठ, प्र.व.उ किसन सिंह थापा, प्र.व.उ दिनेश राज मैनाली, प्र.उ. कृष्ण प्रसाई, प्र.उ. अवदेश विष्‍ट क्षेत्री, प्र.ना.उ. सरोज कुमार ठकुराठी, प्र.ना.उ. भुवन भट्ट र प्र.ना.उ. उदय सिंह सिजापती हुनु हुन्छ ।

    बिदा समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।     

    सेवा निवृत प्रहरी अधिकृतहरूको तर्फबाट प्रहरी सेवामा रहँदाको आफ्‍नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्य निरन्तर प्रदान गर्ने प्रतिवद्वता  व्यक्त गर्नुभयो ।

     सोही अवसरमा बिदाई हुन लाग्नु भएका सिनियर प्रहरी अधिकृतहरुलाई कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो तथा कदर पत्र प्रदान गर्नुभएको थियो ।

     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।