प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८१-०५-०६
- A
- A-
- A+
काठमाण्डौ, ०६ भदौ
मिति २०८१-०५-०६ गते नेपाल पुलिस स्कुल सामाखुसीका
संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा
बिहिबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको
निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन
गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले शिक्षण पेशा मर्यादित पेशा भएकाले
शिक्षक पेशामा आवद्व शिक्षक-शिक्षिकासँग बाल मनोविज्ञान तथा मनोभाव पहिचान गर्ने क्षमता हुनेहुदाँ, हरेक
बाल-बालिकाको बाल मनोविज्ञान बुझ्दै सोहि अनुरुपको शिक्षा दिन सकेमा मात्र असल
व्यत्तित्व बन्न मद्दत पुग्ने बताउनु भयो ।
साथै विद्यालयको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई
गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ विद्यालय सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुर्दै देशकै उत्कृष्ठ विद्यालय
निर्माण गरी हरेक अभिभावकको प्रिय विद्यालयको रुपमा विकास गर्नतर्फ अग्रसर हुन अनुरोध
गर्नुहुर्दै शिक्षक शिक्षिकाहरुलाई आधुनिक
समयमा प्राविधिक शिक्षा तथा प्रविधिको ज्ञान
हुनुपर्नेमा समेत जोड दिनुभयो।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक
किरण बज्राचार्यले नेपाल पुलिस स्कुलका कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायत
अन्य विभागहरुको निरीक्षण गर्नुका साथै विद्यालयको बारेमा अन्य जानकारी लिनुभएको थियो
। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाण्डौ उपत्यका
प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो
।