काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and Video Management System (VMS) तालिम उद्घाटन
२०८१-०४-१०
- A
- A-
- A+
काठमाण्डौ,
१० साउन
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,
रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा
Basic Installation and Operation Orientation Training for
CCTV Networking and VMS तालिम आज विहिबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीको
सभहलमा उद्घाटन गर्नुभएको छ ।
तालिम उद्घाटन
पश्चात कार्यक्रमलाई सम्बन्धोन गर्नुहुदै प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले ‘सुरक्षित काठमाण्डौ उपत्यका;
हाम्रो प्रतिवद्धता’ अभियानलाई सार्थक बनाउन सात दिनसम्म सञ्चालन हुने यस तालिमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास
व्यक्त गर्नु हुँदै उहाँले ‘अदालतमा साक्षीले सत्य नबक्न पनि सक्दछ, तर प्रविधि र भौतिक
सवुदले सदैव सत्य नै बकिरेहेको हुन्छ’ ‘Witness can lie, but the
technologies and physical evidences do not.’ अत: पीडितलाई
न्याय र पीडकलाई सजायँ दिलाउने पुनित कार्यमा अहोरात्र खटिने प्रहरी प्रविधिमैत्री
हुनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।
Artificial Intelligence मा आधारित Automatic Number
Plate Recognition Camera (ANPR) र Face Recognition Camera
(FRC) हरुले अपराध नियन्त्रण तथा अनुसन्धानमा सदैव सफलतातर्फ डोर्याउने
हुनाले प्रशिक्षार्थीहरुले अधिकतम ज्ञान र सीप सिकी त्यसलाई व्यवहारमा प्रयोग गर्न
निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षक E Three Sales
and Services PVT.LTD का पदाधिकारीहरू प्रशिक्षार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।