प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-०१
- A
- A-
- A+
काठमाण्डौ, ०१ साउन
तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को
मिति २०८१।०३।२८ गतेको निर्णयले मिति २०८१।०४।०१ गतेदेखि लागु हुने गरी प्रहरी
नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (२ क) को खण्ड (क) बमोजिम
प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी
निरीक्षक राजु भण्डारी र तेज बहादुर बस्नेत तथा ऐ.नियमावलीको नियम १२९ को उपनियम
(२क) को खण्ड (ख) बमोजिम प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका
प्रहरी निरीक्षक नारायण बाबु भट्टलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलबार
आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
भएको छ ।
सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी
अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा
थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी
राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू
तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।