बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-२८
- A
- A-
- A+
काठमाण्डौ,
२७ असार
बैंकिङ
कसुर मुद्दाका फरार प्रतिवादी काठमाण्डौ महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय
मणिराम पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ
कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई
फरार रहेका उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको
प्रहरीले काठमाण्डौ कुमारीगालबाट पक्राउ गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त गौशाला पठाइएको छ