प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालन तथा प्रहरी परिचालन सम्बन्धमा जानकारीमूलक अवलोकन कार्यक्रम सम्पन्न ।

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १८ असार

   आज मिति २०८१-०३-१८ गते मंगलबार नेपाल टेलिभिजन प्लस (NTV Plus) बाट हरेक बिहिवार साझ ७:३० बजे प्रशारण हुने हिड्दा-हिड्दै कार्यक्रम निर्माणको क्रममा काठमाण्डौ उपत्यकाका विभिन्न विद्यालयका ९ जना विद्याथीहरु तथा कार्यक्रम निर्माता तथा निर्देशक हेमन्त राज गौतम सहितको १२ जनाको टोलीद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

   अवलोकन कार्यक्रमको क्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका, कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले यस कार्यालयको कार्यालय सञ्चालन तथा प्रहरी परिचालन सम्बन्धमा जानकारी दिनु भएको थियो । साथै प्रहरी नायव उपरीक्षक प्रमोद कुमार यादवले सिसिटिभि कक्षको बारेमा जानकारी दिनुभएको थियो ।

 सोही अवसरमा अवलोकन टोलीद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय स्थित प्रहरी नियन्त्रण कक्ष (Police Control Room) तथा सिसिटिभि  कक्षको समेत अवलोकन गरिएको थियो ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम बिक्रम तिमोथी, काठमाडौं महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौं महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् । पक्राउ मध्ये टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रूपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रूपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रूपैयाँ, धन प्रसादले युएइ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टिकालाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार, सरितालाई काठमाडौं महानगरपालिका-२८ बाट आइतबार तथा अग्रीम बिक्रमलाई टोखा नगरपालिका-६ बाट, दिपक चन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, धन प्रसाद र रूपालाई काठमाडौं महानगरपालिका-२६ बाट एवम् रमेशलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०३-२३

काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको उपस्थितिमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८३।०३।१९ गतेको पत्रद्वारा जनपद तर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ । उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया,  प्रहरी वरिष्ठ उपरीक्षक,  प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

‘लागु औषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज- सुरक्षित भविष्य, समृद्ध नेपाल ।’ भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम सुभारम्भ ।
२०८३-०३-२२

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा प्रहरी प्रभाग गोंगबुँमा नव-निर्मित दुर्गा भगवती मुर्तीको प्राण प्रतिष्ठा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमलाई लक्षित गरी प्रहरी वृत्त, महाराजगंज, प्रहरी प्रभाग र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजना र अनाहत नेपालको सहकार्यमा आयोजित “सुरक्षित समाज निर्माणका लागि आन्तरिक मानव बेचबिखन नियन्त्रण तथा लागु औषध दुर्व्यसनविरुद्ध  साप्ताहिक कार्यक्रम” अन्तर्गत नयाँ बसपार्कबाट प्रभात फेरी कार्यक्रम सुरू भई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको भवनमा गई  शुभारम्भ  गरिएको छ  ।   उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष  पुण्य प्रसाद सिटौला, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि र संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।