अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्ति पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
काठमाण्डौ, १७ असार
काठमाण्डौ तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसार
पोसार विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले आलमलाई ५४ ग्राम ८ सय ७० मिलिग्राम
तौल भएको सुन जस्तो देखिने पहेँलो रंगको बाला २ थानसहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डौमा पठाइएको छ ।