बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
काठमाण्डौ, १७ असार
अवैध
रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी
नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय YAZDANYAR
MAJIDIAHI र उनकै श्रीमती ३५ वर्षीया PEGAH TAHERI र रहेका छन् ।
श्रीलंकन
एयरको उडानद्वारा काठमाण्डौबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ
गर्ने क्रममा ह्याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड
स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय
रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई
आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक
ललितपुर पठाएको छ ।