प्रहरी कन्ट्रोल : १००
नेपा
EN

निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १२ असा

     मिति २०८-०-१२ गते सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, सानेपा ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन, सानेपामा सम्पन्न भएको छ ।

    पुरस्कार वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले भविष्यका कर्णधार स-साना विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटान सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, लागूऔषध दुर्व्यसनका घटनाहरुलाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको “सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता:” अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट चाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा  ललितपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।

    सो कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीहरुद्वारा नाटक तथा जनचेतनामूलक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।  

     कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,  जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न  विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।