प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८१-०३-११

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ११असा

     मिति २०८-०-११ गते पारिजात बचत तथा ऋण सहकारी संस्था लि. र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा लागूऔषध नियन्त्रण सम्बन्धी प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सल्लाघारी भक्तपुरमा सम्पन्न भएको छ ।

     कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै भविष्यका कर्णधार विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटान सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि ‘SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, वर्तमान समयमा लागूऔषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट चाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा  भक्तपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।

    कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले लागू औषध सम्बन्धी प्रशिक्षण गर्नु हुदै लागू औषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नु भयो ।

    कार्यक्रममा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक बेद बिष्ट, प्रहरी वृत्त जगतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रुपक थापा, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न ९ विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।