वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-३०
- A
- A-
- A+
काठमाण्डौ,
३० जेठ
वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४
सितापाईला बस्ने १८ वर्षीय
किशोरलाई सोमबार प्रहरीले पक्राउ
गरेको छ ।
विभिन्न
सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा
ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी
आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बानेश्वरबाट
पक्राउ गरेको हो ।
उनलाई
ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको
छ ।