वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२३
- A
- A-
- A+
काठमाण्डौ,
२३ जेठ
वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको
अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका-३
सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई
काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही
गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज
ठाकुर रहेका छन् ।
पक्राउमध्ये
रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना
पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट
८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाण्डौ आलोकनगरबाट, राजुलाई काठमाण्डौ नागपोखरीबाट र युवराजलाई काठमाण्डौ तिनकुनेबाट पक्राउ
गरेको हो ।
उनीहरूलाई
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ
।