अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-१४
- A
- A-
- A+
काठमाण्डौ,
१४ जेठ
अनलाईन
मार्फत रकम ठगी गरी Binance App मार्फत
लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाण्डौ कोटेश्वर बस्ने
१९ बर्षीय विज्ञान घर्तीमगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बानेश्वरबाट
पक्राउ गरेको हो ।
उनले सामाजिक
संजाल फेसबुक, टेलिग्राम लगायतका
एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई
विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा २ लाख
१६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले Binance
App मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार
गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनहरूलाई
ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ
पठाइएको छ ।