कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०२
- A
- A-
- A+
काठमाण्डौ, २ जेठ
भिजिट
भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २
जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाण्डौ तार्केश्वर नगरपालिका लोलाङ
बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर
भई काठमाण्डौ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका
छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई
काठमाण्डौ महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो ।
उनीहरूले
युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्याई पीडितलाई
घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको
छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७
गते नेपाल फिर्ता ल्याइएको थियो ।
उनीहरूलाई
थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको
तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।