प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०१-१६
- A
- A-
- A+
काठमाण्डौ, १६ बैशाख
गृह
मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०१।१२ गतेको निर्णयानुसार मिति २०८१।०१।१५
गतेबाट लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९
उपनियम (२ क) को खण्ड (क) बमोजिम प्रहरी वरिष्ठ
नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका हाल प्रहरी वृत
गौशालामा कार्यरत प्रहरी निरीक्षक शिव गिरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग
कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०१।१४ गतेको निर्णयानुसार प्राविधिक
प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी
हवल्दार पदबाट प्राविधिक प्रहरी बरिष्ठ
हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्रहरी
बरिष्ठ हवल्दार अर्जुन कडेल र प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट
प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्र.ह. मणीराज दाहाललाई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ
उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन
गर्नुभएको छ ।
दर्ज्यानी
चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म
प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो
पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
सुशोभन कार्यक्रममा
प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू,
जुनियर प्रहरी अधिकृतहरु तथा
अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।