प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम सम्पन्न ।

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ१४ बैशाख

      मिति २०८०-०१-१४ गते विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनीसाईवर अपराधविद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराधसवारी दुर्घटनाचोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट चाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका जिल्ला प्रहरी परिसरकाठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा गोकर्णेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा तथा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको ।

प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहितसुरक्षितसभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराधलागु औषध दुर्व्यसनमहिला बालबालिका विरुद्दका अपराध र हिंसाढदो साईवर अपराधघरेलु हिंसाट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षाला संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना ढाई अपराधको जोखिमबाट चाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।

    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनीसाईवर अपराधविद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराधसवारी दुर्घटनाचोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै, हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।

      प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रहरी कर्मचारीहरूस्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरुसामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।