घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय SOCO गोष्ठी कार्यक्रम सम्पन्न ।
२०८१-०१-०७
- A
- A-
- A+
काठमाण्डौ, ७ वैशाख
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका
प्रमुख, प्रहरी अतिरिक्त
महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा घटनास्थल जाँच र भौतिक सबुद प्रमाण
संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय SOCO गोष्ठी-२०८१ सम्पन्न
भएको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी
वरीष्ठ उपरीक्षक अरुण पौडेलले समुद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी
अनुसन्धान विद्यालय,महाराजगंज र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट
प्रस्तुतीकरण तथा घटनास्थल अनुसन्धान अधिकृतहरुले कार्यपत्र समेत प्रस्तुतिकरण
प्रस्तुत गर्नुभएको थियो ।
समापनको चरणमा अन्तरक्रिया तथा छलफलको क्रममा
उठेका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त
महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले कार्य सम्पादन गर्ने विभिन्न प्रकृतिका
कार्यहरु मध्ये सर्वाधिक जिम्मेवारीपूर्ण कार्य, अपराध अनुसन्धानमा अहोरात्र खटिई
सेवा प्रदान गर्ने नेपाल प्रहरीका घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनकर्ता
सम्पुर्ण SOCO अधिकृतहरुलाई धन्यवाद
व्यक्त गर्दै सबुद संकलन गर्दा प्रविधि र अनुभवको समिश्रणले संकलित सबुत प्रमाण
वर्षौ-वर्ष यथेष्ठ प्रमाण रहीरहने हुँदा घटनास्थलमा सबुद प्रमाण संकलनमा थप
जिम्मेबार हुन निर्देशन दिनुभयो ।
साथै घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा
देखिएका समस्याहरुलाई समाधान गर्ने सम्बन्धमा उठेका सुझावलाई समेत सम्बन्धित निकायहरुमा
समन्वय गरी सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु,
प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, लगायत प्रहरी
कर्मचारीहरुको उपस्थिति रहेको थियो ।