प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

२०८०-१२-२८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २८ चैत

तालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।१२।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक अन्जन कोईरालालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको  तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान  सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद  व्यक्त गर्नुभयो ।      कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।