प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ६ चैत

क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

सम्बन्धित समाचार
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१९

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।