जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
२०८०-१२-०१
- A
- A-
- A+
काठमाण्डौ,
१ चैत
काठमाण्डौ महानगरपालिका-६ तिनचुली
बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक
तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ
प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी
वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ५ सय रूपैयाँ र ३ बुक
ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।