प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८० सालको महाशिवरात्री लक्षित सुरक्षा योजना

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, फाल्गुण

         मिति २०८०/११/२५ गते महाशिवरात्रीमा पशुपतिनाथको मन्दिर परिसरमा मेला लाग्ने र उक्त मेलामा स्वदेशी तथा बिदेशी भक्तजनहरुको अत्यधिक भीड हुने भएकोले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि मिति २०८०/११/२४ गतेदेखि मिति २०८०/११/२६ गते मेला सम्पन्न नभएसम्मको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौबाट अनुरोध भई आएको ।

साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाण्डौ समेत भई संयुक्त रुपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरुप प्रभावकारी तवरले प्रविधि र प्रहरीको परिचालन गरी पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने छ ।

·       कमाण्ड पोष्टः–  मिति २०८०/१/२४ गते १०:०० बजेदेखि मेला समाप्त नभएसम्मः-

जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.उ नवराज अधिकारी (K2) को कमाण्डमा मिति २०८०।११।२४ गते १०.०० बजेदेखि मेला सम्पन्न नभसम्म  रहने ।

·       मेलामा कर्डन, पिकेट, मोवाइल गश्ती, पैदल गश्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभि क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिने,

·       नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहने,

·       आपत विपद आई परेमा तालीम प्राप्‍त उद्दारकर्मीलाई रिजर्भमा राखिएको,

·       सुरक्षाका अन्य अंगसँग समन्वय गरिने ।

क)   मेलाको समयमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:   

महाशिवरात्रीमा  सिफ्ट अनुसार परिचालिन जनशक्ति विवरण

सिफ्ट

पुरुष

महिला

जम्मा

पहिलो

७१९

३०५

१०२४

दोश्रो

७१९

३०५

१०२४

अन्तिम

७१९

३०५

१०२४

जम्मा

२१५७

९१५

३०७२

 मेला सुरु भएदेखि  समाप्‍त नभएसम्म कमाण्ड पोष्‍ट, सादा पोसाक, सञ्‍चार, ड्रोन अपरेटर, फोटोग्राफर, रिजर्भ  सहित परिचालित

४३९

 माग बमोजिम ने.प्र.प्र.का, काउ.प्र.का र जि. प्र. परिसर काठमाण्डौ लगायतबाट कुल परिचालित जनशक्ति

३५११

ट्राफिक व्यवस्थापन तर्फ कुल परिचालित

५८३

कुल जम्मा

४०९४

               

)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

           .  मेलाको समयमा सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा यात्रुहरुको आवागमन सुरक्षित गराउने उद्देश्यले ट्राफिक प्रहरी परिचालित हुनेछ  

         २. उक्त कार्यका लागि ५८३ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

साथै महाशिवरात्री मेलामा सरिक हुँदा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.      आफ्नो स्वास्थ्यको ख्याल गरौँ ।

२.     अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

३.     नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।

४.     मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी मेलामा नजाऔँ

५.     ट्राफिक नियमको सदैव पालना गरौँ ।

६.      महिला बालबालिका तथा जेष्‍ठ नागरिकलाई दर्शनका लागि सहजीकरण गरौँ ।

७.     हर्षोल्लाससहित महाशिवरात्री मनाऔँ, पराधिक कार्य नगरौँ

 

“यहाँहरु ढुक्कले महाशिवरात्री पर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

प्रहरी सम्पर्कको लागि:-

·         प्रहरी कन्ट्रोल कक्ष - १००, ०१-४२२८४३५, ९८५१२८३०२६,

·         ट्राफिक कन्ट्रोल १०३,

·         महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४,

·         जिल्ला प्रहरी परिसर काठमाण्डौ ९८५१२८३०१२, ललितपुर:९८५१२९४५५५ र

भक्तपुर: ९८५१२९३१५०

·       FB Page: https://www.facebook.com/ktmvalley.nepalpolice.gov.np

Nepal Police App

 

 

प्रहरी वरिष्‍ठ उपरीक्षक

(दिनेश राज मैनाली)

प्रवक्ता

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी

सम्पर्क: ९८५१२६०४६०

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।