प्रहरी कन्ट्रोल : १००
नेपा
EN

E - QRT (Equipping the Police QRT) को शुभारम्भ तथा QRT परेडको सुरुवात कार्यक्रम सम्पन्न ।

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २३ फागुन

मिति २०८०/११/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख अतित्थ्यतामा e - QRT (Equipping The Police QRT) को शुभारम्भ तथा QRT(Quick Response Team) परेड कार्यक्रम सम्पन्न  भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले e - QRT को शुभारम्भ साथै QRT परेड सुरुवात लगायत QRT कमान्डरलाई QRT ACCESSORIES  समेत हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रस्तुतीकरण प्रस्तुत गर्दै जिल्ला प्रहरी परीसर काठमाण्डौका प्रमुख प्रहरी  वरिष्ठ उपरीक्षक भूपेन्द्र वहादुर खत्रीले प्रहरी कर्मचारी तथा प्रहरी कार्य हमेसा जवाफदेही हुनुपर्ने हुँदा प्रविधीको सहयोगले समाजमा घटित अपराधलाई न्यूनिकरण गर्न तथा प्रमाणमुखी अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने बताउनुभयो ।

सो कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी  जितेन्द्र कुमार बस्नेतले प्रहरी जनशक्तीलाई दक्ष र आधुनिक प्रविधियुक्त साधन श्रोत सम्पन्न बनाए सही सूचना तथा सही प्रमाण सङ्कलन हुने तथा अपराध अभियोजनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रविधिले सदैव सत्यलाई मात्र  उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन अपरीहार्य भएको अवस्थामा यो कार्य सृजनशील भएको र यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा  प्रविधियुक्त e - QRT ले डिजिटल प्रमाण प्रदान गर्ने हुँदा विभिन्न कसूरको अनुसन्धानमा सहज पुर्‍याउने साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन e – QRT टोली कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो । साथै  QRT ACCESSORIES को प्रयोगले  Real Time Location पहिचान गरी आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै Police Control Room संगको समन्वयमा सहज बनाउने तथा नागरीक र प्रहरी कर्मचारीको बोली व्यवहारमा समेत निगरानी हुने बताउदै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा भक्तपुरलाई समेत यस्तो सृजनशील कार्य तुरुन्त लागु गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा काठमाण्डौ जिल्ला सरकारी कार्यालयका प्रमुख,सहन्याधिवत्ता सन्देश श्रेष्ठ, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।