प्रहरी कन्ट्रोल : १००
नेपा
EN

बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र जडान सम्पन्न भएका सिसिटिभि क्यामेरा समुद्‍घाटन कार्यक्रम सम्पन्न

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २१ माघ

सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच उक्त नगरपालिका क्षेत्र भित्र  विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने अभिप्रायले मिति २०८० साल १ महिना १२ गते बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा रकम रु. ५,००,००,०००/- (अक्षरेपी पाँच करोड) मा सम्झौता-पत्र Memorandum of Understanding (MoU) सम्पन्न भएकोमा सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान गरिएका सिसिटिभि क्यामेराको आज समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार आयोजित एक कार्यक्रम बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री मिठाराम अधिकारीले संयुक्त रुपमा सिसिटिभिको समुद्‍घाटन गर्नुभयो ।  

उक्त योजना अन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX सिसिटिभि क्यामेरा गरी जम्मा १८१ थान Artificial Intelligence (AI) मा आधारित सिसिटिभि क्यामेराहरु जडान गरिएका छन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ इलाकामा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनु भयो । प्रथम चरणको सिसिटिभि जडान कार्यक्रमको सफलतापूर्वक समाप्‍ति पश्‍चात पुन: द्वितीय चरणमा समेत सहयोग उपलव्ध गराइने उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठ इलाकामा जडति सिसिटिभि क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु, वडा अध्यक्षहरु लगायतका पदाधिकारीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।