जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१०-१०
- A
- A-
- A+
काठमाण्डौ, १० माघ २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौ टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।बुढाथोकीले ती महिलालाई काठमाण्डौ ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।